सवारी दुर्घटनामा २ को मृत्यु, २ घाइते

अनलाइन दर्पण 2017-11-14
img

काठमाडौं, २९ कात्तिक ।  बूढानीलकण्ठमा मंगलबार बेलुकी सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  । बूढानिलकण्ठबाट महाराजगञ्जतर्फ गइरहेको बा ८५ प ५१५३ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा  दुर्घटना भएको हो ।

ट्राफिक प्रहरीका अनुसार, पैदल यात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल  माइक्रो बस र स्कुटरमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यपुर ठिमीका प्रयाग श्रेष्ठ र कपनका आश्रित श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा पैदलयात्री विश्वदीप थापा र स्कुटर चालक इमोस राई घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार उनीहरु दुवै जनाको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार