घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपतिकाे अपमान ! घरबेटीले निकाले १५ दिने नोटिश

अनलाइन दर्पण 2017-11-05
img

काठमाडौं, २० कात्तिक । आवासको भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवकाे सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपति यादवकाे आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार एक पत्रिकामा सूचना जारी गरेका छन् ।

घरबेटी रविभक्त विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् । ललितपुर- ४ स्थित बागडोलस्थित विष्टको घरमा भाडामा बस्दै आएका  पूर्वराष्ट्रपति यादवको आवासको भाडा सरकारले तिर्दै आएको थियो ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी २०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराउन अनुरोध गरिएकाे छ । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

हेर्नुहोस् सूचना

तपाईको प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार