माधव नेपालका बागी श्रेष्ठले लिए उम्मेदवारी फिर्ता

अनलाइन दर्पण 2017-11-05
img

काठमाडौं, १९ कात्तिक । काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएको छ ।

पार्टीले आफूहरुलाई अबमुल्यन गरेको भन्दै नेपालविरुद्ध काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका  नेकपा एमाले काठमाडौं जिल्ला सदस्य एलपी श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो । 

आइतबार बिहान नेपाल निवास कोटेश्वरमा भएको झण्डै दुई घण्टा लामो छलफलपछि श्रेष्ठ उम्मेदवारी फिर्ता लिन तयार हुनुभएको थियो । छलफलपछि श्रेष्ठले भन्नुभयो, ‘उहाँसँग(नेता नेपाल) कुराकानी भयो । हामीमाथि परेको अवमुल्यनबारे उहाँले अनुभुति गर्नुभएको छ । त्यसै भएर मैंले उम्मेदवारी फिर्ता लिएँ । उम्मेदवारी फिर्ता लिएसँगै अब आजैदेखि एमालेको चुनावी अभियानमा खटिने श्रेष्ठले बताउनुभयो । 

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ उम्मेदवारी फिर्ताका लागि समय दिएको थियो । 

सम्बन्धित समाचार

Advertisement