पार्टीकै निर्णयमा साल्यानमा माओवादी केन्द्रका नेताहरु बागी उम्मेदवार आफ्नै पार्टी र एमालेका उम्मेदवारलाई हराएर देखाइदिने उद्घोष

अनलाइन दर्पण 2017-11-03
img

१७ कात्तिक 
सल्यान । केन्द्रमा बनेको चुनावी गठबन्धनलाई चुनौती दिँदै माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मा, उमाकान्त शर्मा, ज्ञानबहादुर ओली र र जीतबहादुर पुनले ‘विद्रोही’ उम्मेदवारी दिएका छन् । 
उम्मेदवारी छनोटबारे नेकपा एमाले र माओवादी केन्द्रले गरेको आधिकारिक निर्णयलाई नमान्ने बताउँदै जिल्ला पार्टीको निर्णयअनुसार नै उम्मेदवारी दिएका हुन् ।  
उमाकान्त र ओलीले आफ्नै पार्टीका प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका छन् भने शर्मा र पुनले एमाले उम्मेदवारविरुद्ध । 
“जिल्ला पार्टीको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ । म बागी होइन, विद्रोही उम्मेदवार हौं” उम्मेदवारी दर्तापछि भीमप्रकाश शर्माले अनलाइन डबलीसँग भने । पार्टी केन्द्रले जनताको भावनाको कदर नगरेका कारण जिल्ला पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए ।  
पार्टीको निर्देशनपछि फिर्ता लिनुहुन्छ रु भन्ने अनलाइन डबलीको प्रश्नको जवाफमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका शर्माले भने, “यो शब्द नै ननिकाल्नुस्, फिर्ता होइन हामी जितेर देखाउँछौँ” भने । उनले जनयुद्धमा सल्यानमा जनताको लगानी, बलिदानको अपमान हुने गरी दुबै क्षेत्र एमालेलाई सुम्पेका कारण आफूहरुले उम्मेदवारी दिएको बताए । शर्माले जनता र सहिद परिवारको आग्रहमा आफूहरुले उम्मेदवारी दर्ता गराएको बताए । 
पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दिनुभयो, जित्ने आधार के हो रु भन्ने प्रश्नमा शर्माले भने, “सल्यान जनयुद्धको आधार क्षेत्र हो, माओवादीकै नेतृत्वमा ठूलो बलिदानी भएको छ, जनताको आग्रहअनुसार हामीले उम्मेदवारी दिएका हौँ । जनताको भावना नै हाम्रो जित्ने आधार हो ।”
पोलिटव्यूरो सदस्य शर्मा प्रदेशसभाको क्षेत्र नम्बर ९क० बाट विद्रोही उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेका नेता गुलावजंग शाहलाई साँझा उम्मेदवार बनाएका छन् । 
त्यसैगरी प्रदेशसभाको ९ख० मा माओवादी केन्द्रका जीतबहादु पुनले उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् । 
केन्द्र पार्टीले वितरण गरेको उम्मेदवारीप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सल्यानको आपत्तकालिन बैठकले प्रदेशका दुबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो । 
एमाले–माओवादी केन्द्रले संघमा माओवादी केन्द्र र दुबै प्रदेश एमालेलाई दिने सहमति भएको थियो । 
विद्रोही उम्मेदवारी दर्ता गराएका सबै नेताहरु सल्यानमा माओवादीको संस्थापक हुन् । 

सम्बन्धित समाचार

Advertisement