भारतीय मन्त्रालयको कारखानामा उत्पादित पेस्तोल सहित दुई भारतीय 'सुटर' पक्राउ

अनलाइन दर्पण 2017-11-01
img

काठमाण्डाै, १६ कार्तिक । कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो । त्यही  बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो । प्रहरीले केहिबेरमै दुवै जनालाई पक्राउ गर्यो । र गोली चलाउने उनहरुनै रहेको पुष्टि भयो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनहीरुको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउण्ड गोली बरामद भएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

सोधपुछका क्रममा उनीहरु दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो । 

ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडों भित्रिए हेरिटेज प्लाजालमा बसेका थिए । 

होटलमा प्रहरीले उनहरुले प्रयोग गरेको सेतो रङ्को पिवी १० एफएस ७४४९ नम्बरको मारुती सुजुकी कार फेला पार्यो ।

सम्बन्धित समाचार

Advertisement