कलंकीमा रोकि राखेको बसमा आगजनी

अनलाइन दर्पण 2017-10-29
img

काठमाडौं । राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएर पार्किङ गरेर राखेको मिनीबसमा आगलागीका कारण क्षति पुगेको छ ।’

आगो कसले लगायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार