बिर्तामाेड, १० कार्तिक । लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट स्थानिय बासी प्रदर्शनमा उत्रिएसँगै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएकाे थियाे ।
तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका स्थानिय बासिहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपीले बताए । प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
प्रदर्शनकारीले आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । ‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् । कर्फ्यु लगाउँदा पनि स्थिति नियन्त्रण बाहिर गएपछि बाध्य भएर गोली चलाइएको स्राेतले जनाएकाे छ ।