मोहन बस्नेत बने गृहमन्त्री, परराष्ट्र ज्ञानेन्द्र कार्कीलाई

अनलाइन दर्पण 2017-10-24
img


काठमाडौं, ७ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई गृहमन्त्री र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । 

माओवादीका मन्त्रीहरुलाई बिनाविभागीय बनाएको उक्त मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैं राखेका थिए ।

पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका थिए।

सम्बन्धित समाचार