भक्तपुरमा भेटियो नक्कली नोट

अनलाइन दर्पण 2017-10-15
img

भक्तपुर,  २९ असोज । भक्तपुर नगरपालिका वडा न ४ का बिर्जन ठिके शुक्रबार अपरान्ह गुडविल फाइनासन्समा पैसा जम्मा गर्न जाँदा कर्मचारीले नक्कली नोट भनेपछि अाफु ठगिएकाे थाहा पाए । फाइनासन्सका कर्मचारीले नोट नक्कली भनेपछि तुरुन्त अाफुले पैसा निकालेकाे बैंकमा आएपनि शुक्रबार भएकाले बन्द भइसकेको बताए ।  

गत शुक्रबार उनले नेपाल बैंक लिमिटेड कमलबिनायक शाखाबाट निकालेको ९ लाख ५० हजार रुपैयाँमध्ये एक लाखको एक बिटो उक्त नक्कली नोट भेटिएको हो । बन्डलको अग्रभाग गन्दा २५ र अन्तिमबाट गन्दा ७६ स्थानमा रहेको उक्त नोट फेला परेको छ । 

उनले आज आइतबार भने बैंक खुल्ने बित्तिकै नेपाल बैंकका शाखा प्रमुख सन्तोष न्यौपानेलाई उक्त नोटबारे जानकारी गराएका छन् । ठिकेले नेपाल बैंकबाट पैसा लगेको भएपनि बैंकले रुजु गरेको ट्याग नभएर कल्याण सेभिङ नामको सहकारीको ट्याग रहेको छ । 

यसरी उक्त नक्कली नोटको बण्डलमा नक्कली नोट कहाँबाट पर्यो भन्ने अन्यौल रहेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार