प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री

अनलाइन दर्पण 2017-10-13
img

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै देउवाले निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन्,  मन्त्रालय भने तोकिएको छैन ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । त्यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ  भने सपथ भोलि हुनेछ ।

सम्बन्धित समाचार