काठमाडौं,२५ असोज। सर्लाहीको कबिलासी ३ पिपरियामा व्यवसायी सुनिल साहको हत्या भएको छ । हरिपुर नगरपालिका पिडारी बजारमा व्यवसाय गर्दै आएका सुनचाँदी व्यवसायी साहकाे मंगलबार राति अज्ञात समूहको आक्रमणबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
पसल बन्द गरेर साह साँझ मोटरसाईकलमा पिपरियातर्फ घर आउँदै गर्दा तीन जनाको समूहले बीच बाटोमा उनको मोटर साईकल रोकी सुनचाँदीको ब्याग माग्दा साहले दिन नमानेजछी उनकाे गर्दनमा गोली प्रहार गरेको बाबू नागेन्द्र साहले बताए । छोरालाई गोलि लागेको देखेपछि बाबु पनि अचेत भएउनीसँगै रहेको सुनचाँदीको ब्याग लिएर उक्त समूह भाग्न सफल भए ।
गोली प्रहारबाट घाईते सुनिलको उपचारका लागि जिल्ला अस्पताल मलङ्वामा पुर्याईयो ।उपचारकै क्रममा उनको ज्यान गयो ।
गोली हानी हत्यागरेको दाबी गरेको भए पनि पोस्टमार्टम रिपोर्टपछि वास्तविकता पत्ता लाग्ने प्रहरीले बताएको छ । घटनाको अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक मौसुउद आलम खा नेतृत्वको टोलीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।