इनरुवा । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्ने गरेको अनुसन्धानबाट रहस्य खुलासा भएको छ ।
आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको जिल्ला प्रहरी कार्यालयले यहाँ आयोजित पत्रकार सम्मेलन जनाएको हो ।
महिलाले भित्रीे चोलोमा कसेर भारतीय बजारबाट अवैधरुपमा लागुऔषध ल्याइरहेको छ भनी प्राप्त सूचनाको अधारमा ती महिलालाई पक्राउ गर्न सफल भएपछि लागुऔषध तस्कारीको नयाँ रहस्य खुलेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।
पुरुषले अण्डकोषमा लागुऔषधको तस्करी गरिरहेको बेला महिलाले पनि छातीमा लागुऔषध लुकाएर ओसारपसार गर्न थालेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान– ११ की चन्द्रकला रसाइली र धरान – ८ की बबिता मंग्राती रहेको र उनीहरुको साथबाट एभिल ४० एम्पुल, डाइजोपाम ४० एम्पुल, लुपी जेसिक ४० एम्पोल, एसपि २४ ट्याबलेट र नाइट्रोजन ५० ट्याबलेट सहितको लागुऔषध बरामत गरेको जनाएको छ । उनीहरुमथि लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाएइने भएको छ ।