डा. गोविन्द केसीले थाले १२ औं पटक आमरण अनसन

अनलाइन दर्पण 2017-09-25
img

काठमाडौं, ९ असोज। वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी १२ औं पटक आमरण अनसनमा बसेका छन् । सरकारले आफूहरुको माग विपरित चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै सोमबारबाट डा. केसीले अनसन सुरु गरेका हुन् ।

महाराजगंजस्थित शिक्षण अस्पतालमा आमरण अनसन सुरु गरेका केसीले जनतामुखि र विद्यार्थीमुखि चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई बाध्य पार्न आफूले पुनः आमरण अनसन बस्नु परेको बताएका छन । उनले भनेका छन्, ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’

वरिष्ठ चिकित्सक केसीले सर्वसाधारणले समेत पढन पाउने गरी तत्काल सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् ।

डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।

सम्बन्धित समाचार

Advertisement