सपथ लिन नपाउँदै नवनिर्वाचित जनप्रतिनिधिको निधन

अनलाइन दर्पण 2017-09-21
img

सप्तरी, ५ असोज । स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरीका एक जनप्रतिनिधिको सपथ लिन नपाउँदै निधन भएको छ । जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट वडा सदस्यमा विजयी भएकी जसोदेवी खत्बेको बिहीबार बिहान निधन भएको हो ।

बुधबार बिहान निर्वाचित भएपछि गाउँमा खुशियाली साटासाट गर्दै आएकी उनको बिहीबार बिहान एक्कासी हृदयघात भएर निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

राजपाबाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी खत्बेले २२५ मत ल्याएर वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

सम्बन्धित समाचार

Advertisement