सेतो परेवा उडाएर मनाइयो संविधान दिवस

अनलाइन दर्पण 2017-09-19
img

काठमाडौं ३ असोज । नेपालकाे दाेश्राे  संविधान सभाबाट संविधान घोषणा भएको अाज तेस्रो वर्ष पुगेकाे उपलक्ष्यमा नेपाली सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीस लगायतका उच्चपदस्त अधिकारीहरुकाे उपस्थितमा  सेता परेवा उडाएर संविधान दिवस मनाइयाे ।

मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाएका थिए ।

सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो ।

काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिका तथा जिल्ला समन्वय समिति भक्तपुरले विशेष सांस्कृतिक प्रस्तुति झाँकी प्रदर्शन गरेका थिए । 

सम्बन्धित समाचार