१ हजार ८ सय ७४ बर्षका राजबहादुर को नागरिकता सच्याईयो

अनलाइन दर्पण 2017-09-18
img

उदयपुर । उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ५, रुपाटारका १ हजार ८ सय ७४ बर्षका राजबहादुर राउतको असली उमेर ७४ बर्ष मात्र रहेको प्रमाण फेला परेको छ । उनको नागरिकता समेत सच्याईएको छ ।

गत भदौं २५ गते पहिलो पटक उनको नागरिकता बनाउने क्रममा त्रुटी भएको सामाचार संचार माध्यमहरुमा व्यापक रुपमा  आएपछि ईलाका प्रशासन कार्यालय कटारी, उदयपुरका प्रमुख तथा यस अघि नागरिकता दिएका शाखा अधिकृत सुनिल पौडेलले गाउँपालिकाका सचिव मार्फत खवर पठाई राउतलाई कार्यालयमा बोलाई नागरिकता सच्याई दिएकाछन् । न पक्ष न बिपक्ष, सधै निष्पक्ष अनलाइन दर्पण डट कम अहिले नागरिकतामा २०० साल भएको स्थानमा २००० साल लेखिएपछि उनको असली उमेर ७४ बर्ष भएको छ ।

सच्याइनु भन्दा अगाडीको नागरिकता

“कार्यालयमा अत्यधिक भिडभाड भएको दिन परेकोले भुलवस त्रुटी हुन गई जन्म मिति २०० साल हुनगएको हो, अहिले सच्याई दिएका छौ” कार्यालय प्रमुख पौडेलले बताए । उनले बृद्धा राउतलाई आउन जान गाडी भाडा खर्च बापत ५ सय रुपैया समेत दिएका छन् ।

नागरिकता सच्चिएपछि बृद्ध राउतले खुसी हुँदै अब कुनै गुनासो नभएको बताए । उनले भने, “मेरो नागरिकता सच्चिएकोमा खुसी छु तर कारिन्दाहरुले ध्यान दिएर काम गरे म जस्तै अरुले दुख पाउनु पर्दैनथ्यो ।” दुई दुई पटक नागरिकता बनाउँदा समेत जन्म मिति २०० साल हुनु भनेको सम्बन्धीत कर्मचारीकै तर्फबाट ठूलो त्रुटी भएको थियो । न पक्ष न बिपक्ष, सधै निष्पक्ष अनलाइन दर्पण डट कम 

उनले प्रथम पटक नागरिकता बनाएको मिति हो २०४४ चैत्र २९ गते र पुनः प्रथम प्रतिलीपी लिएको बर्ष हो २०७३ जेठ २० गते । दुवै पटक नागरिकता बनाउँदा उनको नागरिकतामा जन्म मिति २०० साल रहेको पाईएको थियो । उनको नागरिकता नम्बर ४।८६०।१२३५ रहेको छ ।

२०४४ सालमा गाउँमै टोली खटिएर नागरिकता वितरण गरेको थियो । २०४४ साल चैत्र २९ गते टोली प्रमुख सुरेन्द्र नाथ आचार्यले नागरिकता दिएका थिए । पुन ः प्रतिलिपी दिदा ईलाका प्रशासन कार्यालय कटारी बाट शाखा अधिकृत सुनिल पौडेलको हस्ताक्षर सहित मिति  २०७३ साल जेठ २० गते नागरिकता जारी गरेको नागरिकताको प्रमाणपत्रमा उल्लेख रहेको थियो ।न पक्ष न बिपक्ष, सधै निष्पक्ष अनलाइन दर्पण डट कम  अजयकुमार साहको फेसबुक बाट साभार गरिएको समाचार हो ।

यो पनी हेर्नुहोस् यसै बारेमा पहिलो प्रकाशित समाचार

१ हजार ८ सय ७४ बर्षका नेपाली नागरिक ! 

 

सम्बन्धित समाचार