रौतहट, १ असोज। सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताउनु भएको छ ।
गृहजिल्ला रौतहटमा मदतान गर्न आउनु भएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने स्पष्ट पार्नु भयो ।
सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले सबैले संविधानको व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउन ध्यान दिनु पर्ने समय आएको जिकिर गर्नुभयो ।
उहाँले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको भन्दै निर्वाचन हुनन्कि भन्नेमा कसैले पनि संका नगर्न आग्रह समेत गर्नुभयो ।
मन्त्री साहले सबै तहका निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीति स्थिर भई विकासले गतिलिई समृद्धि तर्फ अघि बढने बताउनुभयो ।
नेकपामाओवादी केन्द्र २ नम्बर प्रदेशका संयोजक समेत रहनुभएकामन्त्री साहले रौतहट जिल्लाको मौलापुर नगरपालका वडा नम्बर ५ को निम्न माध्यमिक विद्यालय मौलापुर बजार मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ ।
मौलापुर नगरपालिकामा ९ वडा रहेका छन । मौलापुर आफनै निवासमा रहेकामन्त्री साहले स्थानीय तहको निर्वाचनमाआममतदातालाई सहभागी भएर मताधिकारको प्रगोग गर्न आग्रह गर्नु भयो ।