मधेशमा एमालेलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन् :ओली

अनलाइन दर्पण 2017-09-15
img

बारा, ३० भदौ। प्रमुख प्रतपक्षी दल नेकपा एमालेका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री केपी ओलीले  एमालेलाई हराउन सत्तारुढ दलले साधन, स्रोतको दुरुपयोग गरिरहेको बताएका छन् ।

बाराको जितपुर-सिमरा उपमहानगरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्दा कनिका छरेको र ओथारो बसेका बुढाबुढीलाई पैसा दिएर राज्यको धुकुटी सिध्याएको आरोप लाउनेहरु आज हामीले नै गरेको हो भन्दै लाजै नमानी भोटको राजनीति गर्दैछन् ।’

ओलीले थपे, ‘हामीसँग मासु र भात खुवाउने पैसा छैन, अनावश्यक आरोप लगाएर जनता उचाल्ने समय पनि छैन । हामी अब समृद्धीको बाटोमा छौँ, अब मधेशमा हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन् ।’

‘एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे ? मधेसी जनतालाई मार्ने र मराउने खेल बाहेक केही गरे ?’ ओलीले प्रश्न गरे ।

जनकपुरको चक्रपथ, वीरगन्ज-पथलैया ६ लेन सडक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रलगायत एमालेको समृद्धी अभियानलाई कार्यान्वयनका लागि स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने उनको जिकिर थियो ।

सम्बन्धित समाचार