रोल्पा, ३० भदौ। रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती थवाङ २ स्थित ससुराली घरबाट अपहरणमा परेका छन् । उनलाई बिहीबार राती करिब २ बजे तिर सुतिरहेको बेला अज्ञात समूहले अपहरण गरेको हो ।
वियोग उपनामले चिनिने माओवादी केन्द्रका स्थानीय नेता अध्यक्ष घर्तीको खोजी कार्य भर्इरहेकाे प्रहरीले जनाएकाे छ ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थवाङमा गाउँ सभाको उद्घाटन गर्न जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले घर्तीको अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
माओबादी अध्यक्ष प्रचण्ड थबाङ जाने तयारी र बिर बहादुरको अपहरणलाई गाउँसभाको कार्यक्रम असफल पार्ने प्रयास भएको बुझिएको बताईएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा पदमा निर्वाचित भएका थिए ।