प्रेस चौतारीको ‘चन्द्र गंगा पत्रकारिता पुरस्कार’ बजगाईंलाई

अनलाइन दर्पण 2017-09-10
img

भक्तपुर।  यो बर्षदेखि प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले प्रदान गर्न लागेको ‘चन्द्र गंगा क्रियाशील पत्रकारिता पुरस्कार’ पत्रकार शोम शर्मा बजगाईंलाई प्रदान गरिने भएको छ । 

प्रेस चौतारी भक्तपुरका निवर्तमान अध्यक्ष बजगाईं नेपाल टेलिभिजनको भक्तपुर जिल्ला सम्बाददाता र भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकका सम्पादक हुन् । 

पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरु मध्येबाट वर्सेनि प्रदान गर्नेगरी समाजसेवी एवम् अधिवक्ता राजु खड्काले आफ्ना माता गंगा र पिता चन्द्र बहादुर खड्काको नाममा स्थापना गरेको पुरस्कारको अक्षयकोषबाट पुरस्कार प्रदान गर्न लागेको हो । 
 । 

बजगाईलाई नगदसंगै दोसल्ला र सम्मान पत्र सहित यहि असोज १ गतेका दिन पुरस्कार प्रदान गरिने प्रेस चौतारी भक्तपुरका अध्यक्ष कबिता थपाले बताउनुभयो  । 

‘चन्द्र गंगा क्रियाशील पत्रकारिता पुरस्कार’ को  रकम ७ हजार राशीको रहेको छ

सम्बन्धित समाचार