डा.इवामुरा अस्पतालको अध्यक्षमा धौवन्जार

अनलाइन दर्पण 2017-09-04
img

भक्तपुर । सल्लाघारी -१  भक्तपुरस्थित  डा. इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको २० औं वार्षिक साधारण सभाले महेश धौवन्जारको नेतृत्वमा आगामी दुईवर्षका लागि ५ सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा राजुमृगेन्द्र जोशी, शैलेन्द्र बुढाथोकी, हरिबहादुर बस्नेत र प्रा.डा.उत्तमकृष्ण कर्माचार्य रहेका छन् ।

जापानी समाजसेवी डा.नोबोरु इवामुराको स्मृतिमा भक्तपुरमा नीजि क्षेत्रबाट सञ्चालित सामुदायीक स्तरको सो अस्पतालमा सबै किसीमका उपचार सेवा सहित ५१ शैय्यामा अस्पताल सञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार