प्रेस चौतारी भक्तपुरको अध्यक्षमा कविता थापा

अनलाइन दर्पण 2017-09-03
img

भक्तपुर । प्रेस चौतारी नेपाल भक्तपुर शाखाको नयाँ नेतृत्व चयन भएको छ ।  शाखाको अध्यक्ष सोम शर्मा बजगाईं प्रेस चौतारीको केन्द्रीय सदस्यमा मनोनयन भएपछि  शनिबार बसेको जिल्लाको विशेष बैठकले कार्य समिति पुनःगठित गरेको हो ।  

बैठकले  अध्यक्षमा कविता थापाको नेतृत्वमा १२ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । थापा अध्यक्ष्यमा चयन भएसंगै प्रेस चौतारी नेपाल भक्तपुर शाखाले  पहिलो पटक महिलाको नेतृत्व पाएको छ। 

पुनःगठित कार्यसमितिको  उपाध्यक्षमा रामचन्द्र प्रजापति, सचिवमा हेमराज ढकाल, सहसचिवमा चुडामणी पौडेल र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ चयन भएका छन् । 

त्यसैगरी कार्यसमिति सदस्यमा अञ्जना शिल्पकार, सविना केसी, चन्द्रकृष्ण श्रेष्ठ, लीला श्रेष्ठ, भगवती क्षेत्री, सविता हाडा र सरिना श्रेष्ठ चयन भएका छन् । 

नयाँ नेतृत्वलाई नेकपा एमाले भक्तपुरका उपाध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख श्याम बस्नेत, चौतारीका केन्द्रीय सदस्यद्वय प्रकाश सिलवाल र बजगाईंले शुभकामना तथा बधाई व्यक्त गरका छन् ।

सम्बन्धित समाचार