निर्वाचन अायाेगप्रति व्यङ्ग्य गर्दै याेगेशले भने अयोधीका 'आँखा त मान्नै पर्छ बा !’

अनलाइन दर्पण 2017-08-30
img

काठमाडौं,१४ भदाै । नेकपा एमालेका सचिव एबम प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचन आयोगप्रति व्याङ्ग्य गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका आँखाको प्रसंशा गर्नुभएको छ । 

सचिव भट्टराईले बुधबार बिहान सामाजिक सञ्जाल फेसबकमा स्ट्याटस लेखेर प्रमुख निर्वाचन आयुक्त यादवप्रति व्याङ्ग्य गर्नुभएको हो । ‘सिडिओ र प्रहरीको सरुवा नदेख्ने, मतपत्र ज्यातेको नदेख्ने, माधव नेपालको टाउकाको सूर्य चै देख्ने ! अयोधीका आँखा त मान्नै पर्छ बा !’, सचिव भट्टराईले आफ्नो स्ट्याटसमा लेख्ल्नुभएको छ ।

मंगलबार जनकपुरमा आयोजित एमालेको कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले लगाएको टोपीमा ‘सूर्य’ देखिएकोप्रति निर्वाचन आयोगले आचार संहिता उल्लंघन भएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र काटेको थियो । आयोगले पत्र काटेकाे २४ घण्टा बित्नु अगाडिनै सचिव भट्टराईले पत्रको जवाफ फेसबकमा स्ट्याटस मार्पफत दिदैं  प्रमुख निर्वाचन आयुक्त यादवप्रति व्यङ्ग्य गर्नुभएको छ ।

सम्बन्धित समाचार

Advertisement