काठमाडौं, १३ भदाै । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २१ औँ राष्ट्रिय सम्मेलनमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेपछी माओवादी पार्टीकै इतिहासमा पहिलो पटक अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट चुनिँने भएकाे छ ।
काठमाडौंमा एक सातादेखी जारी सम्मेलनमा क्रान्तिकारीका निवर्तमान केन्द्रिय काेषाध्यक्ष मानसिंह ठकुरीले खुल्ला सचिव पदका लागि आफ्नो उम्मेद्वारी दीएका छन् । खुल्ला सचिव पदका लागि धेरै आकांक्षि देखिए पनि ठकुरी भने सबै भन्दा बढी प्रभावकारी उम्मेदवारको रुपमा आएका छन् ।
सिम्ता गाउपालिका - ३, अागरीगाउँ सुर्खेतका स्थायी बासिन्दा ठकुरी बिगत १४ वर्षदेखि माओवादी अान्दाेलनमा सकृय छन् । २०६३ सालबाट राजधानिकाे सानाेठिमी क्याम्पसबाट अाफ्नाे उच्च शिक्षा अध्ययन थालेका ठकुरीले कुशलतापुर्वक केन्द्रिय काेषाध्यक्ष सम्मकाे जिम्मेवारी सम्हाली देशभर सबैको साझा विद्यार्थी नेताको रूपमा ठकुरी आफुलाइ स्थापित गर्न सफल भएकाले संगठनमा उनकाे राम्रो प्रभाव र पकड रहेको र उनलाई एक असल विद्यार्थी राजनीतिज्ञको रुपमा चिनिएको छ । बोल्ने भन्दा पनि कार्य गरेर सफलता हासिल गर्नमा विश्वाश राक्ने उनी दुर्गामी सोच भएका व्यक्ति हुन् ।
संगठनलाइ थप सशक्त र प्रभावकारी बनाउन तथा देश र जनतालाइ राजनीतिको मार्फत सेवा गर्न उदेश्यले ठकुरीले आफ्नो उम्मेद्वारी दिएको बताएका छन् ।