रोल्पा, १२ भदाै । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि विद्यालयको ब्लक निर्माण, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको आरोप लगाउदै विद्यार्थीले कालोमोसो लगाएको अखिल(क्रान्तिकारी )का राप्ती व्युरो संयोजक तथा केन्द्रिय सचिवालय सदस्य नरेन्द्र विकले अनलाइन दर्पणलार्इ वताए ।
विकले अखिल(क्रान्तिकारी )ले शिक्षा क्षेत्रमा अनैतिक काम गर्ने भ्रष्टहरुलार्इ कदापी नछाड्ने र याे एक शैक्षिक माफिया विरुद्ध सङ्केतिक कारबाही मात्र भएकाे समेत वताउनु भयाे ।
सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला विद्यार्थीहरुले जिशिअ पाैडेल माथि कालाेमसाे दलेका हुन् । विद्यार्थीले 'हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्ने भन्दै हातपात गरेका थिए । 'कालो मोसो र जुत्ताको माला लगाउन थालेपछि जिशिअले प्रतिवाद गर्दा लछारपछार गर्दै हातपात गरेकाे प्रत्येक्षदर्शीले बताए ।
घटना लगतै नेकपा निकट क्रान्तिकारी विद्यार्थी संगठनले जिशिअ लार्इ पटक पटक भ्रष्ट नहुन अनुराेध गर्दा पनि नटेरे पछि जनकारवाही गर्नुपरेकाे विज्ञप्ती मार्फत जनाएकाे छ ।
हेर्नुहाेस विज्ञप्तीः