अयाेग्यहरुकाे भर्तिकेन्द्र वन्दै माअाेवादी केन्द्र

अनलाइन दर्पण 2017-08-23
img

काठमाडौँ, ७ भदाै । नेपालकाे  राजनैतीक घटना क्रममा एक उचाइमा पुगेकाे माअाेवादी पार्टी र अान्दाेलन अाज लाेपाेन्मूख देखिन्छ । माअाेवादी अान्दाेलन विलय हुदै जानुमा प्रमूख कारण फुट र नेतृत्वले गरेकाे कमि कमजाेरी नै हाे ।

नेतृत्वले गरेकाे गल्तिलार्इ अाैल्याउदै मातृका यादव देखि सूरु भएकाे फुट माेहन वैध, बाबुराम भट्टरार्इ हुदै विप्लव सम्म अार्इपुगेकाे छ । 

माअाेवादी खेमाकाे पार्टीमा पछिल्लाे समय  राजनैतीक तथा वैचारिक ध्रुविकरणकाे नाममा एकअर्काकाे नेता तथा कार्यकर्ता तान्ने हाेडवाजी चलेकाे छ । 

तर नयाँ शक्तिबाट निश्कासित देवेन्द्र पौडेलसहितका १५ नेताहरुको समूह र नेपाल कम्यूनिष्ट पार्टीले कारबाही गरेका एक नेता हिजाे माओवादी केन्द्रमा प्रवेश गर्नुले माअाेवादी केन्द्र अयाेग्यहरुकाे भर्तिकेन्द्र हाे त ? प्रश्न खडा भएकाे छ ।

यदी हैन भने कारवाहिमा परेका नेता तथा कार्यकर्ता किन माअाेवादी केन्द्रले प्रवेश गराएकाे हाेला ? 

नयाँ शक्तिमा पार्टीको नीति विपरीत काम गरेको भन्दै १५ जनालार्इ नयाँ शक्तिका संयोजक बाबुराम भट्टरार्इले पार्टीबाट निकालेका थिए।  

अर्का नेता पदम खड्का 'जीवन' लार्इ पनि नेकपाले पार्टीकाे नीति र नियम विपरित काम गरेकाे भन्दै पार्टीकाे साधारण सदस्य पनि नरहने गरि कारवाही गरेकाे थियाे ।  

सम्बन्धित समाचार