धुर्मुस सुन्तलीलार्इ पनि छाेडेनन् अात्मरामले

अनलाइन दर्पण 2017-08-17
img

काठमाडौं, १ भाद्र । जनजाती र एमाले पार्टीलार्इ पेचिलाे ढंगले फेसवुककाे स्टाटस मार्फत गाली गरिरहेका अात्मराम थपलियाले कलाकार सीताराम कट्टेल धुर्मुस लार्इ पनि गालि गरेकाे छ । 

यति बेला तराईका बाढी पिडितको लागी राहत बाड्नमा व्यस्त धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका सिताराम कट्टेल लार्इ फेसबुकमा एक स्टाटस राख्दै आत्माराम थपलियाले धुर्मुस-सुन्तलीको नाटक भन्दै अनेक थरी भन्न भ्याएका छन् ।

आत्माराम थपलियाको फेसबुक स्टाटस यस्तो छ – ”अनि ति धुर्मुस र सुन्तली भन्नेले जतिसुकै नाटक र नौटंकी गरुन रोमन क्याथोलिक माफियाका पाल्तू हुन ति, पाल्तू नै रहनेछन । माफियासँग पैसा हुन्छ, सहयोग गरेको नाटक गर्छ तेतीनै हो । दशैंमा काटीखाने खशीलाई बास्मतीको चामल र मकैको भात त हाम्रा हजुरबा पनि खुवाउँथे । दशैंमा काटीखाने खशीको **** कन्याईदिँदै लेप्रे पारेर कुरा पनि गर्थे हजुरबा । तर जति नै मायाँको नाटक गरे पनि दशैं त दशैं नै हो ! एमालेले नेपाली जनतालाई गर्ने मायाँ पनि तेस्तै हो ।”

सम्बन्धित समाचार