बाढिबाट मृत्यु भएका परिवारलाई कांग्रेस नेताले गरे नगद सहयोग

अनलाइन दर्पण 2017-08-12
img

 काठमाण्डौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले दाङमा  बाढिबाट मृत्यु भएका परिवारलाई सहयोग रकम उपलब्ध गराएका छन् ।  शुक्रबार राती आएको बाढिले बगाउदा मृत्यु भएका तुलसीपुर १३ का भगवती सुनारका परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाली काग्रेस दाङ क्षेत्र नं. ५ बाट निर्बा्चित सांसद  तथा पुर्ब सिंचाई मन्त्री समेत रहेका गिरीले पीडित परिवारलाई तत्कालका लागि २५ हजार राहत रकम उपलब्ध गराएका हुन् ।

उक्त राहत रकम नेपाली काग्रेसका जिल्ला सदस्य तारा बहादुर कार्की र देबेन्द्र रिजालले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।  उनले पीडित परिवारलाई उचित क्षतिपुर्ती प्रदान गर्न सरकारलाई अनुरोध गर्नुका साथै बाढिबाट सुरक्षित रहन सबै दाङबासीलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

Advertisement