पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ । परिवर्तित परिस्थिति भन्दै राजपा निर्वाचनमा सहभागी हुन तयार भएको हो । आजको राजधानी दैनिकमा खबर छ ।
प्रधानमन्त्रीसहित सत्तारूढ दल र राजपाका नेताहरूबीच शुक्रबार भएको बैठकमा राजपाले निर्वाचनमा जाने बताएको हो । राजपाले निर्वाचन सम्पन्न हुन बाँकी स्थानीय तहमा तहको संख्या र सीमा परिवर्तन गर्न मिल्ने गरी गरेको फैसला र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको छलफलपछि राजपा निर्वाचनमा सहभागी हुन तयार भएको हो ।