कांग्रेसका पूर्वसचिवसहित ३० जनाद्धारा राजीनामा

अनलाइन दर्पण 2017-08-11
img

नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । 

नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति
असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए । 

राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् ।, यो खबर आजको कारोवारमा छ ।

सम्बन्धित समाचार