मकवानपुर, २३ साउन । जिल्ला समन्वय समिति मकवानपुरमा नेकपा एमालेको प्यानलले नै जीत हासिल गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका संयुक्त प्यानलका उम्मेद्वारहरुलाई पराजित गर्दै एमालेले जिल्ला समन्वय समितिमा एकलौटी रुपमा बाजी मारेको हो ।
समन्वय समितिको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी निर्वाचित हुनुभएको छ भने सदस्यमा देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानोकान्छी स्याङतान र सरिता बिक विजयी हुनुभएको छ।
विजयी भएका सबै उम्मेदवारहरुले १४/१४ मत प्राप्त गरेका छन् ।