डा. केसीको समर्थनमा पूर्व प्रधानन्यायधीशदेखि नागरिक अगुवासम्म

अनलाइन दर्पण 2017-08-05
img

काठमाडौं, २१ साउन, । चिकित्सा क्षेत्र सुधारका लागि बिभिन्न माग राख्दै केही वर्षयता निरन्तर अनसनमा रहेका डा. गोबिन्द केसीको ११औं पटकको अनसन आज  १३ औं दिनमा पुगेको छ । डा. केसीले आफ्ना पुराना मागमा सरकारले  प्रतिबद्धता जनाए पनि पूरा नगरेको भन्दै १३ दिनअघि पु:न  अनसन सुरु गरेका हुन ।

डा. केसीको अनसनमा समर्थन गर्नेको संख्या बढ्दै गएको छ । बिभिन्न पेशाकर्मी, चिकित्सक,बिद्यार्थी, नागरिक समाजका अगुवा लगाएत बिभिन्न दलमा आवद्ध व्यक्तिहरु प्लेकार्ड बोकेर माइतिघरमा हरेक दिन जम्मा हुने गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनमा बसिरहेको डा। केसीको समर्थनमा माइतिघरमा बेग्लै रिले अनसन चलिहरको छ ।

आज (शनिबार) उनको मागमा प्रतिबद्धता जनाउन पूर्वप्रधानन्ययाधीश सुशीला कार्की पनि माइतिघरदेखि बानेश्वरसम्मको र्यालीमा सहभागी भइन् । नागरिक अगुवा कृष्ण पहाडीदेखि विवेकशील साझा पार्टीका सह–संयोजक रबिन्द्र मिश्र पनि उपस्थित भए । विवेकशील साझा पार्टीले सुरुदेखि नै केसीको मागमा समर्थन जनाउँदै क्याम्पेनिङ गरिरहेको छ ।

 

सम्बन्धित समाचार

Advertisement