काठमाण्डौ, २० साउन । सिटीइभिटीका परीक्षा उप-नियन्त्रक नवराज काेइरालालार्इ CTEVT काे प्रवेश परिक्षाकाे प्रश्नपत्र अाउट गरेकाे अाराेप लगाउदै कार्यकक्षमा नै प्रबेश गरेर कालाे मोसो दलेकाे आरोपमा पक्राउ परेका CTEVT जिल्ला समिति सचिवालय सदस्य धनराज चन्दकाे अाज रिहार्इ भएकाे छ ।
अखिल(क्रान्तिकारी) भक्तपुर जिल्ला समिती तथा CTEVT काे विशेष पहलमा आज चन्द छुटेका हुन । रिहाइ पस्चात अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला तथा CTEVT अन्तर्गतका विद्यार्थीहरुले चन्दलार्इ अविर तथा खादा लगाएर भव्य सम्मान गरेका थिए ।
गत साउन ६ गते CTEVT परिक्षा नियन्त्रण कार्यलयका उप-नियन्त्रक काेइरालालार्इ प्रवेश परिक्षाकाे प्रश्नपत्र अाउट गरेकाे अाराेप लगाउदै अखिल(क्रान्तिकारी) ले कार्यकक्षमा नै कालाे मसाे दलेकाे थियाे ।
कारवाही लगतै अाराेपमा CTEVT जिल्ला समिति सचिवालय सदस्य क. धनराज चन्द पक्राउ परेका थिए । पक्राउ पस्चात क. धनराज चन्दलार्इ मध्यपुर ठिमी माहानगरीय वृतमा राखीएकाे थियाे ।