अाखिर किन समात्याे भरतपुर उम्मेदार देवी ज्ञवली पूत्र निरवलार्इ ?

अनलाइन दर्पण 2017-08-02
img

काठमाडौं, १८ साउन । नेकपा एमालेकातर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदार देवी ज्ञवालीका पुत्र निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरको १९ नम्बर वडामा मंगलबार (१७ साउन) गतेको सर्वदलीय बैठकले २० साउनमा निर्वाचन गर्नेगरी मिति तयगरेको भोलिपल्ट बुधबार महानगरीय अपराध महाशाखाको टोलीले एमाले उम्मेदवार ज्ञवालीका छोरा निरभलाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।

निरभलाई रेणु दाहालको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

कारण यस्ताे रहेछ

सर्व प्रथम मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए  सोही स्टाटसका आधारमा रेणुका पती अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिए ।

चितवन प्रहरीले साइबर क्राइममा मुद्दा दायर गरी पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमार्फत आग्रह गरे ।

त्यही अाधारमा देवी ज्ञवली पूत्र  निरवलार्इ बुधबार पुतलीसडकबाट पक्राउ गरियाे । 

निरभलाई महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा राखिएको काठमाडौ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए । उनमाथि साइबर अपराधमा मुद्दा चलाइने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

Advertisement