रामेछाप,३ साउन । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ खिम्तीका बाढि पहिरोमा पिडित परिवारलाइ अनेरास्ववियुले सहयोग गरेको छ ।
अनेरास्ववियुकी अध्यक्ष नबिना लामाको नेत्तृत्वमा आएको टोलीले घटना स्थल पुगेर मंगलबार बिभिन्न राहत सामाग्रीहरु बितरण गरेको हो ।
टोलिले बाढि पिडितहरुलाई खाद्यान्न , टेण्ट , त्रिपाल लगाएतका सामाग्री बितरण गरेको हो । टोलीले राहातका रुपमा उपलब्ध गराएको उक्त सामाग्रीहरु लिखु गाउपालिका उपाध्यक्ष दिपसिखा दाहालको रोहबरमा बितरण गरिएको हो ।
राहात बितरण टोलीमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला,सुनिता बराल,महासचिव ऐन महर,सचिवहरु समिक बडाल, आर.सि लामिछाने ,आरती लामा लगाएतको सहभगिता रहेको थियो ।
असार ३१ गते शनिबार मध्यराति अविरल बर्षसंगै आएको बाढी पहिरोमा परि वेपत्ता भएका ३ जनाको अझै पत्ता लागेको छैन । वेपत्ता भएकामा मध्ये २ जनाको शब आइतबार फेला परेको भए पनि अन्य ३ को अझै पत्तो लाग्न सकेको छैन ।
मृत्यु हुने मध्ये लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा आइतबार फेला परेको थियो ।
घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजि कार्य जारी छ । उनीहरुको जिवितै उद्दार हुने आशा कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको काठमाडौँको वीरअस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।