अखिल (क्रान्तिकारी) द्धारा १३ गते उपत्यकाव्यापी शैक्षिक हडतालकाे घाेषणा

अनलाइन दर्पण 2017-06-26
img

काठमाण्डाै, अषार १२ । नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भाेली अषार १३ गते उपत्यकाव्यापी शैक्षिक हडतालकाे घाेषणा गरेकाे छ । 

नीजि विद्यालयहरुले  चर्काे शुल्क वृद्दी गरेकाे भन्दै क्रान्तिकारी विद्यार्थी स‌ंगठनले अषार ८ गते उपत्यकाकाे केही नीजि विद्यालयहरुमा ताला बन्दी गरेकाे थियाे । 

नीजि विद्यालयहरुले राज्यले निर्धारण गरेकाे मापदण्डकाे कुनै वास्ता नगरी अाफुखुसी मनाेमानी ढङ्गले सालेनी शुल्क वृद्दी गर्ने गरेकाे भन्दै विराेध स्वरुप बाध्य भएर  शैक्षिक हडतालकाे घाेषणा गर्नु परेकाे अनलार्इन दर्पण स‌ँग कुरा गर्दै अखिल (क्रान्तिकारी)  भक्तपुर जिल्ला सचिव निसन रार्इले बताउनु भयाे । 

रार्इका अनुसार उपत्यकामा गरिएकाे शैक्षिक हडतालकाे वेवास्ता गरे अखिल (क्रान्तिकारी)हरु त्यही अनुरुप अगाडी बढ्ने र अान्दाेलनकाे क्रममा हुने क्षतिकाे भागिदार शैक्षिक संस्थाहरु अाफै हुनुपर्ने बताउनु भयाे ।

विज्ञप्ती यस्ताे छ ।

सम्बन्धित समाचार