भक्तपुर, जेष्ठ ३० । जेष्ठ २७ गते रातकाे ११ बजेबाट विहान ४ बजे सम्म भक्तपुर काे हनुमन्ते खाेलाकाे प्राकृतिक वहवलार्इ नै कृतिम वहवमा परिणत गर्न तल्लिन भुमाफियाहरुलार्इ नेकपा भक्तपुरले खाेजी खाेजी कारवाही गर्ने भएकाे छ ।
उक्त घट्नाकाे निन्दा तथा भर्त्सना गर्दै नेकपा भक्तपुरले विज्ञप्ती निकालेकाे छ । विज्ञप्ति अनुसार उक्त घट्ना रातकाे १० बजेबाट विहान ४ बजे सम्म प्रशासनकाे मिलेमताेमा भएकाे थियाे । उक्त घट्नाका नार्इकेहरुले ४ अाेटा डाेजरकाे साथै भाडाकाे गुण्डाहरुकाे पनि प्रयाेग गरेकाे थियाे ।
नेकपा भक्तपुरले उक्त विज्ञप्तीमा खाेलासँगै जाेडिएकाे ७ राेपनी क्षेत्रफल सार्वजनिक जमिन हडपेर सञ्चालन गर्दै अाएकाे फ्याक्ट्रि पनि खालि गर्न सुझाव दिएकाे छ ।
विज्ञप्ति हेर्नुहाेस