जेठ २४, काठमाडौं । माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको छ । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ ।
माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो ।
०५२, ०५८ र ०६१ सालमा प्रधानमन्त्री बन्नुभएका देउवा राजाबाट ‘असक्षम’ भनी घोषणा भएको १२ वर्षपछि प्रधानमन्त्री बन्नुभएको हो । ‘पहिलाजस्तो ज्ञानेन्द्रले फाल्ने, ल्याउने परिस्थिति अहिलेको होइन, दाहालले देउवालाई संसदमा प्रस्ताव गर्दै भन्नुभयो, ‘राजा-महाराजाले कसरी ह्युमिलिट गरे भन्ने कुरा उहाँले भन्नुभएको छ । तर, अहिलेको फरक परिस्थिति हो’, दाहालले भन्नुभयो ।
के छन देउवाका ५ चुनाैतीहरु ?
१.लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.बलियो प्रतिपक्षको सामना गर्नु ।
३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४.संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५.संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।
सपथ आज पौने दुई बजे, आज सानो मन्त्रीमण्डल