अाज देशले प्रधानमन्त्री पाउला ? यस्ताे छ सम्भावना

अनलाइन दर्पण 2017-06-05
img

काठमाडौँ, जेठ २३ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डकाे राजीनामा सँगै देश हाल प्रधानमन्त्री विहिन अवस्थामा छ । जेष्ठ २१ मा हुने भनिएकाे प्रधानमन्त्रीकाे निर्वाचन प्रमूख प्रतिपक्षि दल नेकपा एमालेले भरतपुर घटनालार्इ लिएर संसद अवराेध गरेपछि हुन सकेन । 

तर सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा चार बुँदे प्रतिवद्धता सहित सहमति जुटेको छ । सहमतिलार्इ अाधार बनाएर हेर्दा अाज देशले प्रधानमण्त्री पाउने सम्भावना बढेकाे छ । सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो । 

बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ ।

एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो । तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो ।

यस्तो छ चार बुँदे प्रतिबद्धता

  1. असार १४ गते निर्धारीत स्थानीय तहकाे निर्वाचन उक्त मितिमा नै निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्ने ।
  2. प्रदेश सभा र प्रतिनीधिसभाकाे निर्वाचन अागामी माघ ७ भन्दा अगावै (कार्तिक मंसिर महिनामा)  निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्ने ।
  3. सबै तहकाे निर्वाचनहरु ष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न विगतमा स्थानीय तहकाे निर्वाचनकाे पहिलाे चरणम देखिएका अनुचित अनुपयुक्त क्रियाकलापहरु नगर्न सम्भव सबैलार्इ अाह्वान गर्ने ।
  4. स्थानीय तहकाे प्रथम निर्वाचनमा देखिएका अनियमीत र अनुचित कार्यका सम्वन्धमा छानविन गर्न गठित संसदिय समितिकाे प्रतिवेदनलार्इ समेत ध्यानमा राखी निर्वाचनकाे स्वच्छता कायम गर्ने । 

सम्बन्धित समाचार

Advertisement