विप्लवकाे कार्यकर्ता किन पक्राउ गरेकाे ?

अनलाइन दर्पण 2017-06-01
img

काठमा‌ण्डाै, जेष्ठ १८ । नेत्र विक्रम चन्द विप्लव ले नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टीकाे कार्यकर्ता हस्पिटल बाटै गिरफ्तारमा परेकाे छ । 

अनेरास्ववियू (क्रान्तिकारी) काे केन्द्रिय  सदस्य समेत रहेकाे राम बहादुर तिरुवा लार्इ हिजाे सादा पोशाकमा अाएका प्रहरीले उपचारकाे क्रममा किष्ट हस्पिटल ललितपुर बाट पक्राउ गरेकाे हाे ।

उता गय राती करिव ११ वजे अनेरास्ववियू (क्रान्तिकारी) कै केन्द्रिय  सदस्य महेन्द्र तामाङ लार्इ पनि  काठमाडौं थानकोट बाट पक्राउ गरेकाे छ । 

यता क्रान्तिकारीका सदस्यहरुले प्रहरीकाे दमनकारी र अपहरण शैलीमा गरिएकाे धडपकडकाे विरुद्धमा सामाजिक सञ्जाल फेसबुकमा विराेध जनाउदै हालसम्म अबस्था अज्ञात रहेको हुँदा तुरुन्त सार्बजनिकिकरण र रिहाईको माग गरेका छन् ।

सम्बन्धित समाचार