दाेस्राे चरणकाे चुनाब फेरी सर्नुकाे कारण यस्ताे छ

अनलाइन दर्पण 2017-05-30
img

काठमाडौं जेष्ठ १६ । दाेस्राे चरणकाे चुनाब स‌ँघारमा अाएकाे बेला मधेस बादी दलहरुकाे दबाबकाे कारण केही स्थानिय स‌ख्या थप गरेकाले निर्वाचन अायाेगले जेष्ठ ३१ मा चुनाव गराउन नसकिने कुरा बताएपछि चुनावकाे मिति अषाढ ९ गते ताेकिएकाे थियाे । 

दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। ‘असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले उहाँहरुबाट चुनावको मिति सार्न दबाब आएको छ’, ऊर्जामन्त्री शर्माले भन्नुभयो, ‘त्यसैले यस विषयमा केही निर्णय गर्नुपर्ने अवस्था छ।’

स्रोतका अनुसार चुनावको मिति सार्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग बालुवाटारमा मंगलबार नै छलफल गर्नु भएको छ।

बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेताले मुस्लिम समुदायको पर्व रमजान असार ९ गते पर्ने भएकाले चुनावको मिति पाँच दिन सार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी असार ९ गते चुनाव नगर्न मुस्लिम समुदायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार नै ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले मुस्लिम समुदायको मागप्रति आफू सकारात्मक भएको प्रतिक्रिया दिनुभएको थियो।

सम्बन्धित समाचार