मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

अनलाइन दर्पण 2024-12-01
img

भक्तपुर । नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक संचालक डा प्रधानाङ्ग कार्यकारी अध्यक्ष निर्वाचित भएकी हुन् ।

१४ ओैं बार्षिक साधारण सभाबाट उनी कार्यकारी अध्यक्ष निर्वाचित भएकी अस्पताल प्रशासनले जनाएको छ । साधारण सभाले उनलाई सर्वसम्मत निर्वाचित गरेको बताइएको छ । यस अघि बिष्णुराज कार्की अस्पतालको अध्यक्ष रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष डा. रविना प्रधानाङ्ग वरिष्ठ स्त्री रोग बिशेषज्ञ हुन् । उनी मध्यपुर अस्पतालको स्थापनाकालदेखि सो अस्पतालमा कार्यरत रहेकी छन् । उनी अस्पतालको स्त्री रोग तथा प्रसुती बिभाग प्रमुख पनि हुन् ।

सम्बन्धित समाचार