काठमाडौं, १३ जेठ । लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना भएको छ। काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा २ बजेर ४ मिनेट जांदा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् ।
तीनै जनाको उद्दार गरिएको छ । विमानको अघिल्लो भागमा क्षति भएकाले चालक दलका सदस्यहरूको उद्दार निकै कठिन भएको थियो । तर, उनीहरूको उद्दार गरिएको छ र अस्पताल लगिएको छ ।
चालक राईको अवस्था केही गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन प्रयास गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन् ।