काठमाडौं,१२ जेठ । नेकपा एमालेले दोस्रो चरणमा हुने निर्वाचनका लागी ५ नम्बर प्रदेश अन्तर्गत ४ उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । शुक्रबार साँझ बसेको स्थायी कमिटीको बैठकले मेयर र उपमेयरको नाम टुंगो लगाएको हो ।
एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा समसुद्धिन सिद्धिकी र उपमेयर शान्ता ढकाल, तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य, घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपानेको तय भएको छ भने बुटवल उपमहानगरपालिकामा मेयरमा शिवराज सुबेदी र उपमेयरमा गोमा आचार्यको नाम तय भएको छ ।