दासढुंगा दुर्घटनाबारे अाफु जानकार भए जसरी मुख खाेले केपी अाेलीले

अनलाइन दर्पण 2017-05-17
img

काठमाण्डाै, ३ जेठ । २४ वर्ष अगाडि चितवनको दासढुंगामा भएको नेकपा एमालेकाे तत्कालिन माहासचिव मदन भण्डारी सवार जिप  दुर्घटनाकाे विषयमा हालसम्म कुनै अत्ताे पत्ताे नभएकाे वेला नेकपा एमालेकाे अध्यक्ष केपि अाेली ले घट्नाकाे विषयमा अाफु प्रष्ट जानकार भए जसरी मुख खाेल्नु भएकाे छ । 

एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा बुधबार २४ औं मदन-आश्रति स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले  दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले षडयन्त्रपूर्ण ढंगबाट हत्या गरेकाे बताउनुभयाे ।

एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रुपमा व्याख्या गरे ।

ओलीले भने, ‘मदन आश्रति हत्याकाण्ड, दरबार हत्याकाण्ड, जस्ता ठूला षडयन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।

पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रति चढेको गाडी त्रिशुली नदीमा खसेको थियो । आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो ।

एमाले अध्यक्ष ओलीले बुधबार दासढुंगा काण्डलाई पुनः ठूला शक्तिले गराएको षडयन्त्रमूलक हत्याकाण्डको संज्ञा दिँदै यसको रहस्य पत्ता लगाउने उदघोष गरेका हुन् ।

बुधबार २४ औं मदन स्मृति दिवस मनाइरहँदा मदनपत्नी राष्ट्रपति विद्यादेवी भण्डारी विदेशमा छिन् ।

सम्बन्धित समाचार