भक्तपुर , २५ अशोज। सुर्यबिनायक न.पा ८ सुर्यबिनायक स्थित पार्वती तामाङले संचालन गरेको खाजा घरमा तास खेलिरहेका ६ जना पक्राउ परेका छन् । तामाङले सञ्चालन गरिरहेको पसलमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा वृत जगातीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले छ जनालाई नियन्त्रणमा लिएको हाे ।
पक्राउ परेकाबाट नगद रू ३८,०००।– र एक बुक तास सहित सिन्धुपाल्चोक चौतारा न.पा १० घर भई सुर्यबिनायक न.पा ८ बस्ने बर्ष ३५ को माला तामाङ, मेलम्चि न.पा ९ ज्यामिरे घर भई ऐ.ऐ बस्ने बर्ष २५ को राजु खडका, पसल सन्चालक काभ्रे चौरी देउरालि गा.पा ५ घर भई ऐ.ऐ बस्ने बर्ष ३१ कि पार्बति तामाङ, काभ्रे बेथानचोक गा.पा २ बस्ने बर्ष २८ को दिल तामाङ, भक्तपुर चागुनारायण न.पा ५ छालिङ बस्ने बर्ष ३३ को बिनोद लागेजू र दोलखा शैलिङ गा.पा २ का बर्ष ३६ को सिटुक तामाङ रहेका छन् । साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ ।