दुवाकोटमा बजार अनुगमन

अनलाइन दर्पण 2023-10-08
img

भक्तपुर । चाँगुनारायण नगरपालिका अनुगमन समितिका संयोजक एवं चा.न.पा.का उपप्रमुख रमेश बुढाथोकीको नेतृत्व र चा.न.पा.का अधिकृत सुरज पौडेल सहित चा.न.पा.–२, दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो ।

अनुगमनमा दुवाकोट खाद्य स्टोरमा टाई चीन चिउरामा उपभोग्य मिति लेबल नभएको हुनाले अनुचित व्यवसायीतक जन्य क्रियाकलाप गरिएकोले पहिलो पटक सचेतनाका लागि उक्त खाद्य स्टोरलाई रु. ५००० जरिवाना गरियो ।

पाथीभरा खाद्य स्टोर म्याद नाघेको धारा तेल ४ पाकेट, बिगुल तेल ४ पाकेट, दिव्य ५ पाकेट, क्विक्स चिजवल ६० पाकेट, क्विक्स चिप्स ४० पाकेट र चोकके अन चकलेट ३ बट्टा जफत गरी नष्ट गरियो । साथै नगरपालिकामा दर्ता नभएकोले ७ दिन भित्र व्यवसाय दर्ता नवीकरण गर्न निर्देशन दिइयो ।

  बस्ताकोटी किराना स्टोरमा बिक्री गर्न राखेको भुजियामा उपभोग्य मिति नभएको र  प्याकेजिङ्ग सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र विक्री वितरण र म्याद नाघेको सामानहरू छुट्टै राख्न निर्देशन दियो भने सचेतनाका लागि रु. २००० जरिवाना गरियो ।

त्यस्तै के. एम. सी. किराना पसलमा म्याद नाघेको ध्यू १ बट्टा र कुकिज १ पाकेट नष्ट गरियो । व्यवसाय दर्ता गर्न ७ दिन भित्र नगरपालिकामा दर्ता गर्न निर्देशन दिइयो ।

  डेली ग्रोसरी प्रा.ली.मा खरिद बिक्री राख्न र म्याद नाघेको सामान छुटै देखिने ठाउँमा राख्न निर्देशन दिइयो ।

अनुगमन अधिकृत सुरज पौडेल, जी.प्र.का.का यादव मिश्र, चा.न.पा.–२ का वडा अध्यक्ष सोमबहादुर प्रधान, पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, भक्तपुर उद्योग वाणिज्य सङ्घका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा,  भक्तपुर घरेलु कार्यालयका सरस्वती पौडेल, चा.न.पाका सविन बुढाथोकी, प्र.व.ना. नि. दुवाकोटका किशोर ध्वज कार्की, चा.न.पाका धमेन्द्र थापा, प्र. ज. प्रवीण थापा, ह.स.ना. रामचन्द्र बस्नेत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार