सन्तोष खड्का
दोलखा । जिल्लाकाे कालिन्चोक गाउँपालिका वडा नम्बर -६ स्थित गोदुङ खोलामा अबैध ढंगले गिटी, उत्खनन् भएको छ। सुनखानी-सङ्बा सडक खण्डका ठेकेदारले बाटो निर्माणका लागि भन्दै वडा कार्यालय र गाउँपालिकाको निर्णय बिनानै गोदुङ खोलामा बालुवा गिटिको अबैधानिक उत्खनन् गरेका हुन्।
अबैध ढङ्गले निकालिएको सामाग्री ठेकेदारले आफ्नो काममा मात्रै नभई लामिडाडा, बाबरे र अन्य आयोजनामा समेत लुकिछिपि बिक्री बितरण गरिरहेको एक स्थानीयले बताए।
"अबैध गतिविधि गरेर खोलाको प्राकृति स्वरुप नै बिगार्दा समेत स्थानिय सरकार आँखा चिम्लेर बसेको छ" उनले भने, "गाउँपालिकाको सम्पती कौडिको भाउमा अमुक ब्यक्तिले प्रयोग गर्दा त्यस्ले प्रत्यक्ष जनतालाई कुनै फाइदा नभएको र गाउँपालिकाको आमदानीको श्रोत समेत ब्यक्तिलाइ प्रयोग गर्न दिएकोले गाउपालिकालाई करोडौं घाटा भएको छ ।"
गाउँपालिकाको कार्यलयले भने अन्य ठाँउमा पनि ठूलो आयोजनाहरु निर्माण गर्दा यस्तै हुने गरेकोले निर्वाध काम गर्न दिएको बताए।
ठेकेदारले टेण्डर पार्दा बालुवा,गिटी पनि खरिद गर्ने र त्यस्को ढुवानी सहितको स्टिमेसन हुने भएकाले त्यहाँबाट उत्खनन् भएको सामाग्री बापत किन्न पर्ने पैसा ठेकेदारलाई नै हुने हुन्छ।
मनपरि ढंगले उत्खनन् गर्नका लागि पालिका र वडाको मिलिभगत नभै ठेकेदारले गर्न नस्कने स्थानीयहरु बताउँछन्।