नेपाल खेलकुद महासंघ समाजवादी भक्तपुरको जिल्ला कमिटि गठन

अनलाइन दर्पण 2023-05-12
img

  संजय प्याकुरेल

भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जनसंगठन नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटि भक्तपुर  गठन गरिएकाे छ। जिल्ला पार्टि अध्यक्ष श्याम बस्नेतकाे प्रमुख आतिथ्यतामा  बिहिबार सम्पन्न युवाहरुको भेलाले राजीब कपालीको अध्यक्षतामा सर्वसम्मत  जिल्ला कमिटि गठन गरिएको छ।  

कमिटीको उपाध्यक्षमा महिमा गुरुङ,  सचिवमा राजेन्द्र कपाली , उपसचिवमा अनुप घले र काेषाधक्षमा सुनिल कार्की रहेकाे १४ सदस्यीय जिल्ला कमिटि गठन गरेकाे छ।  

भेलाले आगामी   जेठ पहिलाे हप्ता भित्र बृहत  जिल्ला भेला गर्ने  निणय  गरेकाे छ । नव गठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई  बागमती प्रदेश कमिटी सदस्य राेशन बस्नेत, पाटिका जिल्ला सदस्य लाल बहादुर राेकाया, मध्यपुर थिमी ३ न वडा कमिटिका अध्यक्ष निर्मल रानाभाट लगायतले बधाई तथा सुभकामना ब्यक्त गर्नुभएको थियो। 

सम्बन्धित समाचार