अनलाईन दर्पन खोटाङ
खोटाङ जिल्ला प्रतिनिधि सभा सदस्य पदमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकल उम्मेदार रहेको राम कुमार राई (पासाङ) को जित सहज देखिएको छ । पछिल्लो स्थानीय निर्वाचनमा वडा अध्यक्षहरुले ल्याएको मत परिणामलाई हेर्दा नेकपा एमालेको उम्मेदार विशाल भट्टराईको मत भन्दा राम कुमार राई (पासङ) को मत करिव १८ हजार ५७२ मतले अघि रहेको छ ।
२०७४ सालको निर्वाचनमा उनी खोटाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री छन् । पासाङ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।